भूपि शेरचन (वि.स. १९९२-२०४६) (वास्तविक नाम: भूपेन्द्रमान शेरचन) नेपाली आधुनिक कवि हुन् । सन् १९६९ मा उनी घुम्ने मेचमाथि अन्धो मान्छे कृतिको लागि साझा पुरस्कारबाट सम्मानित भएका थिए । भूपी शेरचनको महिनामा मुस्ताङ जिल्लाको थाक टुकुचेमा भएको हो । भूपी ६ वर्षका हुँदा उनकी आमाको मृत्यु भएको थियो । अध्ययनको लागि उनी बनारस गए । उनले बि.ए. सम्म अध्ययन गरेका थिए । उनले दुई विवाह गरे। दोस्री सहयात्री कान्तिसँग उनले २०२५ सालमा अन्तर्जातीय विवाह गरेका थिए।