भैरव अर्याल को जन्म वि. सं. १९९३ असोज ५ गते ललितपुरको कुपण्डोलमा भएको हो। उनकी माताको नाम खेमकुमारी अर्याल र पिताको नाम होमनाथ अर्याल हो। नेपालीमा एम्. ए., साहित्यरत्न र संस्कृतमा मध्यमा सम्म को अध्ययन गरेका अर्यालले पत्रकारिता पनि गरे । उनले ‘हालखबर’ दैनिकबाट पत्रकारिता सुरु गरे। उनी ‘हालखबर’ दैनिकका सम्पादक दाताराम शर्माले प्रोत्साहित गरेपछि २०१४ सालमा त्यहीँ पत्रकार नियुक्त भएका हुन् र पछि गोरखापत्र को सम्पादन समूहमा रहे। ‘मधुपर्क’ लाई स्तरीय बनाउन निकै खटे। ‘रचना’ पत्रिका प्रकाशनमा पनि उनको भूमिका महत्त्वपूर्ण रह्यो। नेपालका विभिन्न स्थान, भारत, जर्मनी, बङ्गलादेशको भ्रमण गरेका अर्याल नेपाली हास्यव्यंग्य साहित्य आकाशका कहिल्यै ननिभ्ने तारा हुन् मृत्यु उनको निधन वि. सं. २०३३, आश्विन, गोकर्ण काठमाडौमा भएको हो ।
