गोपला प्रसाद रिमाल

गोपालप्रसाद रिमाल (१९७५-२०३०) नेपाली साहित्यमा प्रगतिवादी साहित्यकारका रूपमा चिनिन्छन् । काठमाडौँको लगनटोलमा जन्मिएका गोपालप्रसाद रिमाल निकै प्रतिभावान् व्यक्तिका रूपमा परिचित छन् । उनको "आमाको सपना" कृतिका लागि उनलाई २०२० सालको मदन पुरस्कार प्रदान गरिएको थियो । उनी वि.सं.२०३० मा त्रिभुवन पुरस्कारबाट पनि सम्मानित भए । छन्दमा लेख्ने परम्परालाई तोडेर गद्यमा कविता लेखेका हुनाले उनी क्रान्तिकारी कविका रूपमा पनि परिचित छन् । थोरै लेखेर धेरै प्रख्यात कमाउने साहित्यकारहरू मध्ये उनी पनि एक हुन् ।

कृतिहरू

  • धेरै मन पराइएका लेखहरू