लोकप्रिया देवी (वि.सं.१९५४-२०१६) एक कवयित्रि थिइन्। उनी नेपाली साहित्य, कला र राजनीतिको क्षेत्रमा योगदान पुर्याउने एक महिलाको रूपमा चिनिन्छन्। उनी कवि लक्ष्मीप्रसाद देवकोटाकी दिदी हुन्।
जीवनी
लोकप्रिया देवीको जन्म वि.सं.१९५४(सन् १८९८) मा बाबु तिल माधव देवकोटा र आमा अमर राज्य लक्ष्मी देवीको सन्तानको रूपमा डिल्लीवजार, काठमाडौंमा भएको थियो। उनी लक्ष्मी प्रसाद देवकोटाकी बहिनी थिइन्। वि.सं.१९६२ मा आठ वर्षको उमेरमा, उनको विवाह लोकनाथ जोशीसँग भएको थियो। उनको नाम "लोक प्रिया" को अर्थ उनको श्रीमान को प्रिय यानि "लोकनाथको प्रिय" भन्ने हो। उनीहरूका पाँच छोरा र तीन छोरीहरू थिए। [६]
भनिन्छ उनका भाइ देवकोटाले उनलाई कविता लेख्न निकै प्रोत्साहन दिने गर्दथे। यसै क्रममा उनले लेखनाथ पौड्याल र चक्रपाणि चालिसे सङ्ग पनि अध्ययन गरेकी थिइन् । उनका समकालीन साहित्यकार प्रेम राजेश्वरी देवी, गोमा, देवकोटा लगायत विभिन्न लेखकहरूले उनका कृतिहरूको प्रशंसा गरेको पाइन्छ।
प्रायः शारदा पत्रिकामा आफ्ना कविताहरू प्रकाशित गर्ने गरेपनि कहिलेकाही उनले उद्योग, साहित्य श्रोत, र गोरखापत्रमा पनि प्रकाशन गर्थे। सन् १९८३ मा उनकी छोरी शशी रिमालले कवयित्रि लोकप्रिया देवीका सङ्ग्रहित कविताहरू सङ्कलन गरी प्रकाशित गरेका थिए।
उनी एक अभियन्ता पनि थिइन्। उनले महिलाहरूलाई शिक्षा प्राप्त गर्न वकालत र प्रोत्साहन दिने गर्थिन्। यसै क्रममा उनले सन् १९५३ मा उनले भानुभक्त आचार्यको लागि साक्षरता कार्यक्रम आयोजना गरेकी थिइन् ।
उनको मृत्यु बि.स.२०१६मा भएको थियो।
मृत्यु परान्त बि.स.२०७० सालमा उनलाई "नेपाली साहित्य, कला र राजनीति''को क्षेत्रमा योगदान पुर्याउने महिलाहरू मध्ये एकको रूपमा सम्मानित गरिएको थियो।
वि.सं. २०४४ सालमा उनकी छोरी शशी रिमालले उनको नाममा लोकप्रिया साहित्य पुरस्कार स्थापना गरेकी थिइन। नगद तीन हजार एक सय राशि रहेको “लोकप्रिया पुरस्कार” ले महिला साहित्यकारहरूलाई सम्मान गर्ने गर्दछ। [१]
प्रकाशनहरू
शोक बिन्दु
भाइको निधनमा शोकको आँसु
कवयित्रि लोकप्रिया देवीका सङ्कलित कविताहरू
शान्तालाई जबाफ दिनुहोस्
पुरस्कार र मान्यता