
कोही वायुकुमार तुल्य बलिया गर्छन् ऊडी लङ्कन
कोही बन्धन हाल्दछन् नभसरी ढुङ्गा मुढा लीकन ।
कोही अङ्गद नील झैं घुमी घुमी आलोचना गर्दछन्
सीता निश्चय भेट्दछौं भनि कुनै आनन्दमा पर्दछन् ।।
कोही खूब घुमाइ भित्र उसमा उत्साहको मन्दर
गर्छन मन्थन देवदानव सरी पीयूषको खातिर ।
देखी त्यो कविवर्गको हरघडी चान्चल्य वा जाँगर
हाँसी नित्य छचल्किंदोछ धमिलो साहित्यको सागर ।।
Originally from: पं. बदरीनाथद्वारा सम्पादित पुस्तक पद्य-सङ्ग्रहबाट सभार
तपाईको बिचार
पहिलो कमेन्ट गर्नुहोस्!