वाग्मती अञ्चल अन्तर्गत काठमाडौं गैरीधारामा जन्मिएका कमलमणि आचार्य दीक्षितको विधिपूर्वक राखिएको नाउँ मुकुन्दराज हो । साहित्यिक क्षेत्रमा चाहिै उनी कमल दीक्षित नामले बढी परिचित छन् । नेपाली भाषाका निबन्ध लेखक तथा मदन पुरस्कार पुस्तकालयका संस्थापक दीक्षितले बनारस हिन्दू विश्वविद्यालयबाट स्नातकोपाधि प्राप्त गरेका छन् ।
