सिद्धिचरण श्रेष्ठ

सिद्धिचरण श्रेष्ठ (वि.सं.१९६९ जेठ ९ – २०४९ जेठ २२) नेपाल(नेवारी) र नेपाली भाषी कवि थिए । बुबा विष्णुचरण श्रेष्ठ र आमा नीरकुमारीका एक्लो छोराका रूपमा उनको जन्म ओखलढुंगा बजारमा वि.सं १९६९ जेठ ९ गते भएको थियो ।

जीवनी

सिद्धिचरण जन्मेको ओखलढुंगा जिल्लामा त्यसबेला स्कुलको नामनिशान थिएन। ब्राह्मण बालकहरू मात्र गुरुका घरमा गएर रुद्री, चण्डी र वेद पढ्ने गर्थे। सिद्धिचरणका पिता दिनभर अड्डा र डेरा फर्केपछि पनि रातको ११/१२ बजेसम्म चल्ने कचहरीमा व्यस्त रहनुहुन्थ्यो भने आमाचाहिँ पूजापाठमै प्रायः दिन बिताउने गर्नुहुन्थ्यो। यस्तो स्थितिमा बालक सिद्धिचरणले ओखलढुंगामा सात वर्षको उमेरसम्ममा केवल बाह्रखरीको मात्र अध्ययन गर्न पाए । पछि वि.स.१९७६ सालमा बाबुआमा ओखलढुंगाबाट आफ्नो घर काठमाडौँ फर्कनुभएपछि सिद्धिचरण पनि सँगसँगै काठमाडौँ आए । तर, काठमाडौँमा पनि त्यतिखेर स्कुलका नाममा दरबार स्कुलबाहेक थिएन र दरबार स्कुलमा सोर्सफोर्सले मात्र पढ्न पाउने र खर्च पनि निकै लाग्ने हुनाले जोकोही यहाँ भर्ना हुन सक्तैनथ्यो। जेहोस्, यहाँ भर्ना भई पढ्न थालेका सिद्धिचरणले १९८४ साल (१५ वर्षको उमेरमा) पाँचौँ कक्षामा पुग्दा सन्ध्या शीर्षक कविता लेखका थिए । साहित्यिक यात्रा
सन्ध्या कविता उनको २०२१ सालमा प्रकाशित कवितासङ्ग्रह कोपिलामा सङ्ग्रहित छ। यो कविता नै उहाँको अहिले २०६८ साल सम्मको उपलब्ध पहिलो कविता हो। यस प्रकार पाँच कक्षामा पढ्दादेखि नै कविता लेख्न थालेका भए पनि सिद्धिचरणले स्कुलको औपचारिक शिक्षा भने पूरा गर्न सकेनन् । हिसाबमा कमजोर हुनाले कक्षा आठमा पुग्दा नपुग्दै उनले स्कुल छाडे; कक्षा आठसम्मको मात्र स्कुलको औपचारिक शिक्षा हासिल गरे । अन्य
सिद्धिचरणलाई अंश सर्वस्वसहित १८ वर्षको कठोर काराबासको सजाय दिइयो । १८ वर्षको जेल सजाय भएको भए तापनि पछि श्री ३ जुद्धको महर्षी बन्ने अभिलाषाले गर्दा पाँच वर्षपछि अर्थात् २००२ सालमा उनी रिहा भए। कवि सिद्धिचरण यसरी जेलबाट रिहा हुनुभन्दा केही महिनाअघि उनका पिता विष्णुचरण श्रेष्ठको देहावसान भएको थियो तर सिद्धिचरणलाई आफ्ना पिताको दाहसंस्कारसमेत गर्न दिइएन।
उनको मृत्यु वि.स.२०४९ जेठ २२ गते भएको थियो ।

सम्मान/पुरस्कार

भूकम्प तक्मा (१९९०), त्रिभुवन पुरुस्कार (२०२७), रत्नश्री सुवर्ण पदक (२०३१), पृथी प्रज्ञा पुरुस्कार (२०४५), बेधनिधि पुरुस्कार (२०४६), गोरखा दक्षिण बाहु, त्रिशक्तपट्ट र श्रीरामपट्ट

कृतिहरू

  • धेरै मन पराइएका लेखहरू