समदम

Avatar photoलोकप्रिया देवी
👁

जगत छ सुखको दुःखको प्याला
खेत बनेको विश्व विशाला ।

बन्दछ सब यो मदिरापनका
जीवनभरमा सुख दुःख जुन हो ।

समदम अतस्बाजीसरिको
हुन्छ ढिलाई क्षणमा क्षण त्यो ।

जग यो भ्रम हो मन पनि भ्रम हो
डरको सुख दुःख पागलपन हो ।।

सानो उरमा भाव पिलाई
छल् छल बग्दछ मिहिन जलाई ।

पञ्चम सोरको भाषण पाई
बन्दछ कविता आँसु चुहाई ।।

सानो उरमा भाव हजारौं
ढलपल ढलपल यही विचारुँ ।

पातक मलको पानीसरिको
जीवन हाम्रो चार घडीको ।।

तेज र वायु आयो पानी
गगन पृथिवीको खेल छ जानी ।

भन्दछ विश्व जाल तूफानी
समदम प्रकृति मेलन रानि ।।

आखिर केही छैन नि जानि
सच्चा जग यो भ्रम संझन्थेँ ।

सुरपुर पनि त्यो अलग रहन्थ्यो
देह छ नम्वर प्रकृति सच्चा
एक पिताका सब छन् बच्चा

֎लोकप्रिया देवी लक्ष्मीप्रसाद देवकोटाकी दिदी थिइन् ।


कविता सहित्य

तपाईको बिचार

पहिलो कमेन्ट गर्नुहोस्!

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्ह लगाइएका छन् *

*

सम्बन्धित सामाग्रीः कविता

सम्बन्धित सामाग्रीः सहित्य

  • धेरै मन पराइएका लेखहरू