
हिजो थिएन, भोलि नहुने आज यहाँ सिद्धिचरण छ,
हाँस्छ, खेल्छ र रुन्छ, घुम्छ, आफ्नै गीत गाउँछ
गहिरो कालो माथिबाट यौटा फिलिंगो उठेको,
निभ्न खातिर पिलिपिलि गर्छ नाम जसको जिएको ।
आज यो चलमलाउँछ, अचल भोलि पर्दछ,
खोजी जसको गर्नलाई युग युगान्तर बित्त्दछ
बग्छ सवेग अनन्त धार, त्यसको कण यो एक छ,
फेरि मिलेर अनन्तमाथि अनन्तसम्म पुग्दछ
Originally from: अन्तर्जाल
तपाईको बिचार
पहिलो कमेन्ट गर्नुहोस्!