
श्री स्वस्थानी व्रत नेपाली महिलाहरूको लागि गरिने एक कठिन व्रतको पर्व हो। यो व्रत पुष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमा सम्म एक महिना धारण गरिन्छ। श्री स्वस्थानी व्रतमा भगवान शिवको पूजा र आराधना गरिन्छ। सत्य युगमा भगवान विष्णुको सल्लाह अनुसार हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउन श्री स्वस्थानी व्रत बसेको र चिताएको पुरा भएको विश्वासमा श्री स्वस्थानी व्रतकथा र माघ स्नानको प्रचलन रहेको विश्वास गरिन्छ।
विशेष गरी महिलाहरूले मात्र व्रत गर्ने यो व्रतले उनलाई सुख, शान्ति, समृद्धि मिल्ने भन्दै विश्वास गराउँछ र रोगब्याधि पनि नष्ट हुने भन्दै विश्वास गरिन्छ। व्रतका प्रभावले शिव पार्वतीको विवाह भएको कुरा पौराणिक धर्म ग्रन्थहरूमा पनि चर्चा भएका कारण परम्परागत रूपमा उक्त व्रतकथा प्रचलित हुन्छ।
स्वस्थानी व्रतकथामा उल्लेख भए अनुसार महादेवकी पत्नी सतीदेवीले आफ्ना पतिलाई बाबुले गरेको अपमान सहन नसकी यज्ञकुण्डमा प्राण त्यागेपछि हिमालय र मेनकाकी छोरी पार्वतीका रूपमा उनको जन्म भएको हो। पार्वती सानै उमेरदेखि नै महादेव पति पाउने कामना गरिरहन्थिन्। विवाहयोग्य भएपछि पिता हिमालयले भगवान् विष्णुलाई कन्यादान गरिदिने कुरा थाहा पाएपछि पार्वती भागेर अनकन्टार वनमा गई महादेवको ध्यान गर्न लागिन्।
यसबाट खुसी भएर महादेवले आफूलाई पतिका रूपमा पाउन विष्णुले भने अनुसार गर्न सल्लाह दिए। विष्णुले महादेव पति पाउन स्वस्थानी व्रत गर्ने सल्लाह दिएपछि पार्वतीले विधिपूर्वक एक महिनासम्म स्वस्थानीको व्रत गरेकामा उनले महादेव पति पाएको विश्वास गरिन्छ। व्रतका प्रभावले शिव पार्वतीको विवाह भएको कुरा पौराणिक धर्म ग्रन्थहरूमा पनि चर्चा भएका कारण परम्परागत रूपमा उक्त व्रतकथा प्रचलित हुन्छ।
If you like what we are doing, consider buying from this link. This is an affliate link. Income generated from such sell is used to run this website.
तपाईको बिचार
पहिलो कमेन्ट गर्नुहोस्!