
पौडिरहेको माछा जस्तै
उडिरहेको चरा जस्तै,
दौडिरहेको समय जस्तै
उसले उसलाई देख्यो ।
पानीसँग गई उसले भन्यो-
“त्यो माछालाई समात्छु;
आकाशसित गई जोड लगायो-
त्यो चरालाई पक्रन्छु;
महाकालसित गई बिन्ति चढायो-
समयलाई म रोक्छु ।”
हुन्न कसैले पनि भनेनन्,
अनि ती दुवैको बिहे भयो ।
Originally from: अन्तर्जाल
तपाईको बिचार
पहिलो कमेन्ट गर्नुहोस्!