लक्ष्मीप्रसाद देवकोटा (वि. सं. १९६६ कार्तिक २७- वि.सं. २०१६ भाद्र २९) (English: Laxmi Prasad Devkota) नेपालको प्रमुख साहित्यकार हुन्। उनको जन्म वि. सं. १९६६ कार्तिक २७ गते 'लक्ष्मीपुजा'को दिनमा भएकोले उनलाई लक्ष्मीको प्रसाद यानी लक्ष्मीप्रसाद भनि नाम दिइएको थियो। उनको जन्म घर काठमाडौँको डिल्लीबजारमा रहेको छ। उनले कविता, आख्यान, नाटक र निबन्ध गरी साहित्यका लागभग सबै विधामा कलम चलाएका छन। उनको मुनामदन सबैभन्दा प्रख्यात कृति हो। उनको निधन वि.सं. २०१६ भाद्र २९ मा भएको थियो।
जीवनी
वि. स. १९६६ कार्तिक २७ गते लक्ष्मीपूजाका दिन जन्मेका लक्ष्मीप्रसाद देवकोटा, तीलमाधव र अमर राज्यलक्ष्मी देवीका तेस्रो छोरा थिए। 'लक्ष्मीपुजा'को दिनमा भएकोले उनलाई लक्ष्मीको प्रसाद यानी लक्ष्मीप्रसाद भनि नाम दिइएको भएपनि उनको खास न्वारानको नाउँ तीर्थमाधव देवकोटा हो। साहिलो छोरा भएकोले छिमेकीहरूले उनलाई साहिँला बाजे पनि भन्ने गर्दथे । उनका बुबा संस्कृतका विद्वान् हुनाले उनले आधारभूत शिक्षा बुबाकोबाट प्राप्त गरेका थिए। औपचारिक शिक्षा भने उनले दरबार हाई स्कुलबाट सुरुवात गरेका थिए। दरबार हाई स्कुलमा छदा बाटनै उनी कविता लेख्ने गर्दथ र ती कबिता आफ्ना साथीहरूलाई कविता सुनाउने गर्थे । उनका साथीहरूले उनको कबिता माथी सन्देह राखी एकदिन कविता परीक्षा राखिएको थियो । उनले सबै विद्यार्थीमाझ बसेर नै कविता लेखे। उनको यो क्षमता देखेर शिक्षकले उनलाई ‘कोपिलाउँदो कवि’को सङ्ज्ञा दिएका थिए। १९८२ मा देवकोटा त्रि-चन्द्र कलेजमा विज्ञान विषयमा भर्ना भई प्रमाणपत्र तहको अध्ययन पूरा गरेपछि उनी मानविकी सङ्कायमा सरेका थिए। सन् १९८६ मा आफ्नो स्नातक तहको सकेपछि, १९८८ मा छात्रवृत्ति लिएर अङ्ग्रेजीमा स्नातकोत्तर पढ्न भनेर भारतको पटना गएका थिए। तर अङ्ग्रेजी विषयमा स्थान नपाएपछि उनले कानून अध्यन थिए। तर स्नातकोत्तर पूरा नगरी उनी फर्किएका थिए। यसै विच, उनको १५ वर्षको उमेरमा मनदेवी चालिसेसँग विवाह भएको थियो। वि.सं. १९८५ मा उनको पहिलो सन्तान स्वरूप छोरी सावित्री र वि.सं. १९८९ मा जेठो छोराको रुपमा प्रकाश, वि.सं. १९९३ मा माहिला छोरा कृष्णप्रसाद र वि.सं. १९९६मा कान्छो छोरा पदमको जन्म भएको थियो। सबै गरी उनका ५ छोरी र ४ छोरा भएका थिए। भारतबाट फर्केको दुई वर्ष भित्रैमा उनका बुवा, आमा र दुई वर्षे छोरीको मृत्यु भएको थियो। ती घटनाहरूले उनलाई मानसिक चोट पुगेको थियो र आत्महत्याको प्रयास गरेका थिए। केहि समय पछि, छोराहरू प्रकाश र कृष्णको पनि मृत्यु भएकोले उनको मानसिक चोट गहिरो भएको थियो। मानसिक उपचारको क्रममा उनी १९९६मा भारतको राँचीमा पाँच महिना गएका थिए। विसं १९९३मा उनले मुनामदन लेखेका थिए। वि.सं. २००७ सालको क्रान्ति पछि देवकोटालाई राजा त्रिभुवनद्वारा वि.सं. २००८ मा नेपाल सल्लाहकार समितको समूहको सदस्यमा नियुक्त गरेका थियो। उक्त समितिमा देवकोटालाई विपक्षी नेता बनाइएको थियो। सो सल्लाहकार सभाको दोस्रो अधिवेशनमा मातृकाप्रसाद कोइरालाद्वारा प्रस्तुत बजेटमाथि विपक्षी दलका नेताका हैसियतले गरेको चर्को भाषणकै कारण सरकार विघटित हुनपुगेको थियो भनिन्छ। त्रिभुवन पछि राजा महेन्द्रले पनि देवकोटाको सो पदलाई निरन्तरता दिएका थिए। त्रिभुवन विश्वविद्यालयको स्थापनासँगै उनी त्रिचन्द्र कलेज र पद्म कन्या क्यामपमा लेकचरर को रुफमा काम गरेका थिए। २०१४ श्रावन १२ - २०१५ जेष्ठ २को समयमा उनी कुँवर इन्द्रजित सिंहको मन्त्रिपरिषद्माको शिक्षा, स्वायत्तशासन मन्त्री भएका थिए। देवकोटामा धुम्रपानको लत थियो। वि.सं. २०१५ मा उनलाई क्यान्सर लागेको पत्ता लागेको थियो र उनलाई भारतमा उपचारको लागी लगिएको थियो। त्यहा ठूलो आन्द्राको ३ इन्च निकालिएको थियो। क्यान्सर रोगको सङ्घर्षमा नै वि.सं. २०१६ साल भाद्र २९ गते काठमाडौँको आर्यघाटमा उनको निधन भएको थियो।देवकोटाको साहित्यिक यात्रा
देवकोटा प्रतिभशाली लेखक थिए। उनले दस वर्षको उमेरदेखि नै कविता लेखनको सुरुवात गरेका थिए र आफ्नो जिवनकालमा उनले महाकाव्य, खण्डकाव्य, कविता, निबन्ध, कथा, नाटक, गीत र समालोचनाहरू लेखेका थिए। उनले लामो आख्यानात्मक कविता पनि लेखेका थिए। उनका धेरै जसो कविताहरू मानव र प्राकृतिक संसारका तत्त्वहरूमा केन्द्रित रहको पाईन्छ। उनले नेपाली साहित्यमा ‘रोमान्टिक’ आन्दोलन सुरु गरेका थिए। नेपाली साहित्यमा महाकाव्य लेखन सुरु गर्ने उनी नेपालमा जन्मिएका दोस्रो लेखक थिए। उनले विसं १९९३मा मुनामदन लेखेका थिए। भनिन्छ यो कृति नेवारी भाषाको ‘जि वया ला लछि मदुनी’ भन्ने गीतबाट प्रेरित भएर लेखिएको थियो। मुनामदन झ्याउरे भाकामा लेखिएको थियो। छन्दमा कविता लेख्ने समयमा झ्याउरे भाकाको खण्डकाव्यले सबैलाई मोहित गरेको थियो। त्यसबेला नेपालमा राणा शासन भएपनि यो खण्डकाव्यमा त्यतिबेलाका देशका शासकहरू अर्थात् राणाहरूबाट मान्यता पाएको थियो। मुना मदनमा मुना यात्रारत व्यापारी मदनको कथा सुनाउँछिन्। मुनालाई छोडेर केही पैसा कमाउनका लागि मदन तिब्बत प्रस्थान गर्छ। खण्डकाव्यमा यात्राको विषयगत कष्ट, वियोगको शोक, तिर्सनाको चञ्चलता र मृत्युको पीडाको वर्णन गरिएको छ। सो खण्डकाव्यमा आधारीत भएर सन् २००३ मा एक नेपाली चलचित्र पनि बनेको थियो। १९९६मा राचीमा रहदाको सम्झनामा उनले ‘पागल’ कविता लेखेका थिए। यो कविता उनको सामान्य मानसिक क्षमतासँग सम्बन्धित छ र नेपाली भाषाका उत्कृष्ट कविताहरू मध्ये एक मानिन्छ। देवकोटासँग धेरै छोटो समयमा साहित्यिक जटिलता र दार्शनिक घनत्वसहितलामो महाकाव्य र कविता रचना गर्ने क्षमता थियो जसअन्तर्गत उनले शाकुन्तल महाकाव्यको रचना गरेका थिए। उनको पहिलो महाकाव्य कविता र नेपाली आधुनिक महाकाव्यको जगतमा उनले तीन महिनामै यसको लेखन कार्य सकाएका थिए। विसं २००२मा उनको शाकुन्तल प्रकाशित भएको थियो। यो कालिदासको प्रसिद्ध संस्कृत नाटक अभिज्ञानशाकुन्तलम्मा आधारित रहेको छ।देवकोटाको गरिवी
देवकोटा आफैले चरम गरिवीमा रेको कुरा बाराम्बार व्यक्त गर्दथे। जीवन को अन्तिम समयतिर देवकोटाले एक अन्तर्वार्तामा आफूले अघिल्लो ८ महिनासम्म पारिश्रमिक नपाएको र त्यसको परिणामस्वरुप आफ्नो रोगको उपचारका लागि आवश्यक औषधि खरिद गर्न नसकेको कुरा ब्यक्त गरेका थिए। पछि उनलाई आफू मृत्युको मुखमा आएको पक्का भएको थियो। त्यसपछि उनी रातभर जाग्राम बसी आफ्ना रचना लेख्न थालेका थिए। उनको मृत्यु अघि देवकोटाको आम्दानी नेपाल प्रज्ञाप्रतिष्ठानमा समाप्त गरेको थियो किनभने उनी एसियाली साहित्य सम्मेलनमा भाग लिएका थिए जुन आधुनिक तास्केन्तमा सम्पन्न भएको थियो। उनीहरूबाट पहिले अनुमति नलिई देवकोटाको आम्दानी समाप्त भएको थियो।देवकोटाको तास्केन्त काण्ड
सन् १९५८ को अक्टोबरमा तत्कालीन सोभियत संधमा रहेको उज्बेकिस्तानको राजधानी तास्केन्तमा भएको अफ्रिकी–एसियाली लेखक सम्मेलनमा देवकोटाले नेपाली मण्डलको नेतृत्व गरेका थिए। त्याहा जादा उनले राजासँग स्वीकृति नलिई सरकारसँग मात्र स्वीकृति लिएर भारतको नयाँ दिल्लीबाट भिसा लिँदै उनी र माधव प्रसाद घिमिरेको मण्डल तास्केन्त पुगेका थिए। त्यहा उनले नेपाली भाषा साहित्यको विषयमा बुलन्द भाषण गरेको भएपनि, राजासँग स्वीकृति नलिई गएकोले उनको विरोध भएको थियो। थियो। सजाय स्वरूप राजा महेन्द्रले उनको तीन महिनाको तलब रोक्का गरिदिएका थिए। यस घटनाले उनी निराश भई आफ्नो गरिबिको कुरा फेरी उठाएका थिए। पछि उनको एक महिनाको तलब काटी बाकि रकम निकाश गरिएको थियो।कृतिहरू
देवकोटाका कृतिहरू अनुवाद पनि भएका छन्। उनका केही प्रमुख कृतिहरू यस प्रकार छन्।-
- कविता सङ्ग्रह:
खण्डकाव्य
मुनामदन ( प्रकाशन वर्ष, वि. सं. १९९१) राजकुमार प्रभाकर (वि. सं. १९९७) कुञ्जिनी (वि. सं. २००२) वसन्ती गीतीकाव्य(वि. सं. २००९) मैना (वि. सं. २००९) सुन्दरी जर्पिना (वि. सं. २००९) रावण जटायु युद्ध (वि. सं. २०११) म्हेन्दु (वि. सं. २०१५) लुनी (वि. सं. २०२३), सीताहरण (वि. सं. २०२४) मायाविनि सर्सी (वि. सं. २०२४) नवरस कोश काव्य (वि. सं. २०२५) मैना ( पुन: सम्पादन वि. सं. २०३९)निबन्ध
आषाढको पन्ध्र(वि. सं. १९९३,शारदा) भलादमी फूल पहाडी जीवन हाई हाई अङ्ग्रेजी के नेपाल सानो छ कला र जीवन कल्पना साधुको महात्म्य निद्रा श्रीपञ्चमीको दिन वि. सं. २०१०, साँढे मेरो पाल्पा तानसेन तर्फको यात्रा