
के हो अहो ! अमृत त्यो सुरदेव पान ?
सच्चा कमाइ गरिखानु भनेर जान ।
खोज्छन् सबै सुख त्यो सुख त्यो कहाँ छ?
आफू मिटाइ अरुलाई दिनु जहाँ छ ।
पाइन्न शान्ति किन हो ? कुन ठाउँ मिल्छ ?
तर्किन्छ त्यो रूखमनी, जुन साथ मिल्छ ।
देखिन्छ ईश कुन मन्दिरमा पसेर ?
त्यो हाँस्छ शुद्ध मन आसनमा बसेर ।
यस्तो रहस्यमय जीवन बुझ्नलाई,
जानू कहाँ ? पढनु के ? गुरु को बनाई ?
फुल्दो (खुल्दो) गुलाबबिच ज्ञान अनेक फुल्छन्
उद्यानमा बस गई सब तत्व खुल्छन् ।
कर्तव्य के छ जनको, यति छन् विरोध ?
नक्षत्र हेर नभमा, दिलसाथ सोध !
के हो ठुलो जगतमा ?
पसिना विवेक
उद्देश्य के लिनु ?
उडि छुनु चन्द्र एक ।
Originally from: अन्तर्जाल
तपाईको बिचार
पहिलो कमेन्ट गर्नुहोस्!